निर्वाचन सुरक्षामा नेपाली सेना परिचालित, भ्रामक सूचनामा विश्वास नगर्न अपिल
काठमाडौँ- आसन्न निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेना एकीकृत सुरक्षा योजनाअनुसार परिचालित भएको जनाएको छ।
आज जारी गरिएको एक अपिलमार्फत सेनाले निर्वाचन सुरक्षासम्बन्धी कार्यहरू सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र सहकार्यका साथ अघि बढाइएको स्पष्ट पारेको हो।
अपिलमा भनिएको छ कि निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सुरक्षा अंग तथा सम्बन्धित निकायहरू एकीकृत र समन्वयात्मक ढंगले परिचालन भइरहेका छन्। यसैबीच, विभिन्न माध्यमबाट प्रसारित अतिरञ्जित तथा भ्रामक सामग्रीप्रति सेनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सेनाले सुनियोजित रूपमा फैलाइएका यस्ता भ्रमपूर्ण सूचनामा विश्वास नगर्न तथा नगर्नाउन आम जनसमुदायलाई आग्रह गरेको छ।
निर्वाचन प्रक्रियालाई सुरक्षित र विश्वसनीय बनाउने दिशामा सुरक्षा निकायहरू प्रतिबद्ध रहेको जनाउँदै सेनाले सबै पक्षलाई जिम्मेवार र सचेत रहन पनि अनुरोध गरेको छ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया