११ बजेसम्म देशभर १९ लाखभन्दा बढी मत खस्यो
काठमाडौँ — आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान जारी छ। निर्वाचन आयोगका अनुसार बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार ८ सय २४ मत खसेको छ, जुन कुल मतदाताको १०.१८ प्रतिशत हो।
निर्वाचनमा सहभागी हुन एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सूचीकृत रहेका छन्। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा २ सय जना अन्य मतदाता रहेका छन्।
देशभर मतदान भइरहँदा केही स्थानमा क्षणिक असहज अवस्था सिर्जना भए पनि अवस्था अहिले सामान्य बन्दै गएको निर्वाचन आयोगले जनाएको छ। सर्लाही र दोलखा लगायतका केही क्षेत्रमा केही समय अवरोध देखिए पनि निर्वाचन प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जिल्ला प्रशासनको समन्वयमा पुनः सहज रूपमा मतदान सञ्चालनमा आएको छ।
हाल अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया निरन्तर जारी रहेको जनाइएको छ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया