निर्वाचन आयोगले भन्योः हेलिकोप्टर उडाउन बालेनले अनुमति लिएका थिए
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा-५ का उम्मेदवार बालेन शाह मतदान गरेपछि आफ्नो निर्वाचन क्षेत्र झापा जान चढेको हेलिकोप्टर बीच बाटोबाटै काठमाडौं फर्किएको घटनाले यतिखेर विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन्।
बिहीबार काठमाडौंमा मतदान गरेपछि शाह आफ्नो निर्वाचन क्षेत्र झापा जाने तयारीमा हेलिकोप्टरमार्फत प्रस्थान गरेका थिए। तर उनी सवार हेलिकोप्टर झापामा अवतरण नगरी बीच बाटोबाटै काठमाडौं फर्किएको जानकारी आएको छ।
हेलिकोप्टर अचानक काठमाडौं फर्किएपछि सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा विभिन्न अड्कलबाजीहरु सुरु भएका छन्। केहीले अनुमति नलिई उडान भरेको भन्दै प्रश्न उठाएका छन्।
यस विषयमा निर्वाचन आयोगकी सहायक प्रवक्ता सिता पुनले अनुमति नलिएको भन्ने कुरा गलत हल्ला मात्र भएको बताइन्।
‘उहाँको हेलिकोप्टर किन फर्कियो भन्नेबारे आयोगलाई जानकारी हुँदैन,’ पुनले भनिन्, ‘तर अनुमति नलिएको भन्ने कुरा हल्ला मात्रै हो। बुधबार बालेन जी आफैं आयोगमा आएर अनुमति लिनुभएको थियो।’ हेलिकोप्टर किन बीच बाटोबाटै फर्कियो भन्नेबारे भने आधिकारिक कारण खुल्न बाँकी रहेको छ। यसैबिच आयोगले विज्ञप्ती मार्फत समेत बालेनले अनुमती लिएको जनाइसकेको छ।
‘निर्वाचन आयोगले मिति २०८२ फागुन २१ गतेका लागि काठमाडौँ–झापा उडानका लागि हेलिकोप्टर प्रयोग गर्न अनुमति दिएको हो। आयोगले यस सम्बन्धमा पठाएको पत्रमा सो रुटमा मात्र हेलिकोप्टर प्रयोग गर्न पाइने उल्लेख गरिएको छ,’ विप्तीमा भनिएको छ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया