‘फागुन २१ कहिल्यै नबिर्सने दिन हो’ : ओली
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ कहिल्यै नबिर्सने दिन भएको बताएका छन्।
फागुन २१ गते सुखानी शहीद दिवस र ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएकाले मृत्युबाट पुनर्जीवन पाएका दिन भएको स्मरण गरेका हुन्।
उनले भने, ‘आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो । आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्।’
उनले देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया