उत्तरी गोरखाका सबै मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो
गोरखा। गोरखा क्षेत्र नम्बर १ अन्तर्गत उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका सबै मतपेटिका आज सदरमुकाम ल्याइएको छ। बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत बाँकी १४ वटा मतदान केन्द्रको मतपेटिका पनि सदरमुकाम ल्याई पुर्याइएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
चुमनुब्री गाउँपालिका वडा नं २ ल्हो, वडा नं ३ सिर्दिबास, वडा नं ४ प्रोक र वडा नं ५ विहीको मतपेटिका विहान ल्याइएको हो। भौगोलिक विकटताका कारण चुमनुब्रीका २३ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउनुपर्ने बाध्यता थियो। “हिजो नै ति मतपेटिका ल्याउने तयारी भए पनि मौसम खराबीका कारण सकिएको थिएन”, उनले भने, “आज बिहान मौसम खुलेसँगै सेनाको हेलिकप्टरले बाँकी रहेको सबै मतपेटिका सदरमुकाम ल्याएको हो।”
यसअघि शुक्रबार सेनाको हेलिकप्टरले नौ वटा मतदान केन्द्रको मतपेटिका ल्याएको थियो। गोरखा क्षेत्र नम्बर १ को मतपेटिका संकलनको काम सम्पन्न भएसँगै आज नै मतगणना अगाडि बढाउने तयारी भएको उनले बताए।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया