महिनाभर सुत्ने जागिर, तलब २६ हजार
क्वालालम्पुर । मलेसियाको एक कम्पनीले मानिसहरुलाई सुत्ने जागिर दिने भएको छ ।
मलेसिया विश्वविद्यालयका केही अनुसन्धानकर्ताहरू अहिले यस परियोजनामा काम गरिरहेका छन् । दिनभर सुतेकाे बदलामा कम्पनीले हरेक महिना २६ हजार ५ सय कर्मचारीलाई दिनेछ । यसमा निद्राको ढाँचा एक महिना अवलोकन गरिनेछ र त्यसपछि तलब पनि दिइनेछ ।
मापदण्डअनुसार २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिले यसका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिनेहरुको तौल सामान्य दायरामा राखिएको छ ।
छनोट भएका व्यक्तिहरु एक महिना घरमै सुत्नु पर्ने हुन्छ । सबै खानपिन कोठाभित्रै हुनुपर्छ । एक महिनासम्म सुत्ने क्रममा केही निद्रामा केही समस्या देखिए ती व्यक्तिलाई त्यहाँबाट हटाइनेछ ।
यस्तै, बेलायतको लग्जरी बेड कम्पनी क्राफ्टेड बेड्सले पनि सुत्ने व्यक्तिलाई पैसा दिन्छ । यसले सुतेर नेटफ्लिक्स हेर्ने व्यक्तिलाई २४ हजार पाउन्ड दिने बताएको छ । यस कम्पनीले आफूले निर्माण गरेका बेड कति आरामदायी छन् भनेर परीक्षण गर्न कर्मचारी मागेको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया