दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द
काठमाडौँ । दुबई अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द गरिएको छ। विमानस्थल नजिकै भएको आगलागीपछि यात्रु तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै उडानहरू अस्थायी रूपमा रोकिएको दुबईका अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार विमानस्थल नजिकै रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी भएको थियो। सोमबार भएको ड्रोन आक्रमणका कारण उक्त आगलागी भएको दुबई मिडिया अफिसले जनाएको छ। घटनापछि दमकल र सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिन निरन्तर प्रयास गरिरहेका छन्।
बीबीसीका अनुसार सन् २०२५ मा करिब नौ करोड यात्रुले प्रयोग गरेको दुबई अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक मानिन्छ। विशेषगरी फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएपछि खाडी क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।
फेब्रुअरी २८ देखि जारी संघर्षपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमणहरू बढ्दै गएका छन्। अहिलेसम्म अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेको बताइएको छ। ती आक्रमणहरूमा अमेरिकी कूटनीतिक कार्यालय, सैन्य अड्डा, तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत लक्ष्य बनेका छन्।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया