NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका पाँच जना दश दिनदेखि बेपत्ता

बर्दिया  – बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन् । ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, बराहताल गाउँपालिका—१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, र लेकवेशी नगरपालिका—८ घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले आइतबार बेलुका ५ बजेतिर उक्त घटनाबारे प्रहरी कहाँ उजुरी परेको बताएका छन् । उनका अनुसार बेपत्ता भएकाहरु फागुन २३ गते बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएका थिए । दश दिनसम्म घर नफर्किएपछि उनीहरुको परिवार प्रहरी कार्यालयमा उजुरी दिन पुगेका हुन् ।

‘अहिले प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा ४ जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ । यसका साथै जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत जानकारी गराइएको छ ।’ उनले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज सरोजमणि पौडेल सुचना अधिकारीले पनि नेपाल प्रहरी, नेपाली सेना, निकुञ्जका कार्मचारी मिलेर संयुक्त रुपमा खोजी कार्य अघि बढाएको बतााएका छन् । ‘रेञ्जर भरत पौडेललाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धानको प्रक्रिया अघि बढाएका छौँ । साथै साथै ड्रोनको सहयोगबाट पनि खोजी गर्दै छौँ । नेपाल प्रहरी, सेना र हामी कर्मचारी मिलेर खोजी कार्य सुरु गरेका छौँ ।’ उनले बताए ।