डीपी अर्यालले भने- यो अवसरलाई सदुपयोग गर्न सकेनौँ भने हामी आफैँले आफैँलाई माफ गर्न गाह्रो हुनेछ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले ७० प्रतिशत एउटै पार्टीले मत पाउनु निर्वाचनमा विरलै देखिने बताएका छन् । रास्वपाले आज देखि सुरु गरेको अभिमुखिकरण कार्यक्रममा उनले नवनिर्वाचित सासंदहरुलाई यो अवसरलाई सदुपयोग गर्न नसके आफैंलाई माफ गर्न कठिन हुुने बताउँदै यो मतलाई कदर गर्नसमेत आग्रह गरे ।
‘यो मौका हामीलाई त्यतिकै आएको छैन। हामीले गम्भीर रूपमा लिएर जानुपर्नेछ। जेनजी पुस्ताले हामीलाई जहाँ भएपनि नियालिरहेका हुन्छन्। हाम्रो लगनशीलता र क्षमतालाई नेपाली जनता र यो देशको लागि सुम्पिनुपर्नेछ। यो इतिहास लेख्ने सुवर्ण अवसर हो। इतिहास पढ्ने मात्रै होइन, लेख्ने यो अवसरलाई सदुपयोग गर्न सकेनौँ भने हामी आफैँले आफैँलाई माफ गर्न गाह्रो हुनेछ।’ उनले भने ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया