सुनको भाउ तोलामा २२ सयले घट्यो
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार, चैत ४ गते, सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेर तीन लाख सात हजार ७०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिन सुनको भाउ प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले घटेर पाँच हजार १५० रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया