NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सुनको मूल्यमा गिरावट, प्रतितोला ७ हजार ८ सय रुपैयाँ घट्यो

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९४ हजार ५ सय पुगेको छ । अघिल्लो दिन यो ३ लाख २ हजार ३ सय थियो ।

त्यस्तै, चाँदीको भाउ प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ कायम भएको छ ।

गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको रेकर्ड छ । सो दिन सुन तोलामा ३ लाख ३९ हजार ३ सय र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।