तीनै तहका सरकारको वित्तीय सूचक एकै ठाउँबाट हेर्न सकिने
काठमाडौं । ‘नेपाल फिस्कल ड्यासबोर्ड’मार्फत तीनै तहका सरकारको वित्तीय सूचक हेर्न सकिने भएको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)द्वारा आज आयोजित कार्यक्रममा नेपाल विश्व बैंक समूहले सो विषयमा प्रस्तुतीकरण गरेको थियो । गत महिना सार्वजनिक भइसकेको ड्यासबोर्डबाट मुलुकको तीनै तहका सरकारी आय, खर्च र ऋणसम्बन्धी तथ्याङ्क प्राप्त गर्न सकिने जनाइएको छ ।
ड्यासबोर्डमा सन् २०१८ देखि २०२२ सम्मका ऐतिहासिक तथ्याङ्क समावेश गरिएको छ । नयाँ तथ्याङ्क अद्यावधिक गरिँदै लैजाने बैंकले जनाएको छ । स्रोतका रूपमा बजेट भाषण, महालेखा नियन्त्रकको कार्यालयले प्रकाशन गर्ने एकीकृत वित्तीय विवरण र नेपाल राष्ट्र बैंकलगायत सार्वजनिक निकायका तथ्याङ्क प्रयोग गरिएको छ ।
ड्यासबोर्ड प्रयोग गर्न कुनै अनुमति आवश्यक नपर्ने र जोकोहीले स्वतन्त्र रूपमा प्रयोग गर्न सक्ने बताइएको छ । तर तथ्याङ्क सरकारी स्रोतबाट आएकाले स्रोत उल्लेख गर्नु उपयुक्त हुने जनाइएको छ ।
नाफिजकी अध्यक्ष मेनुका कार्कीले ड्यासबोर्डमा प्राप्त हुने तथ्याङ्क विश्लेषण गर्न सजिलो हुने भएकाले आर्थिक पत्रकारिताका लागि निकै उपयोगी हुने विश्वास व्यक्त गरे । उनले प्रयोगकर्ताहरूले नेपाली भाषामा उपलब्ध गराउनुपर्ने अन्य दक्षिण एसियाली देशसँग तुलना गर्ने सुविधा थप्नुपर्ने र नियमित अद्यावधिक गर्न सुझाव दिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया