भन्सार कार्यालयका नासु देवीबहादुर थापासँग एक करोड ८७ लाख अकुत सम्पत्ति

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुनेका ना.सु. देवी बहादुर थापा विरुद्ध गैरकानूनी सम्पत्ति आर्जनसम्वन्धि मुद्धा दायर गरेको छ ।
०५६ मा विचारी पदमा सेवा प्रवेश गरेदेखि थापाले ०७६ सम्म एक करोड ८७ लाख अबैध आर्जन गरेको अख्तियारले ठहर गरेको छ ।
छानविनमा नासु थापाको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफु, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरी अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारको ठहर छ ।
छानविनका क्रममा थापाले परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी लगायतका चलअचल सम्पत्तिहरु खरिद गरेको, विभिन्न उद्योग तथा फर्महरुमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गरेको भेटेको थियो ।
अख्तियारले थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै विगो एक करोड सतासी लाख रुपैयाँ सहित मुद्धा दायर गरेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया