सुनको भाउ तोलामा ३ हजार ६ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा ३ हजार ६०० र चाँदी १६५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ७८० कायम भएको छ ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ९४५ कायम भएको थियो ।
गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ८४५ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार २०० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया