काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा तीव्र गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५.५० अंकले घट्दै बजार ओरालो लागेको हो।
आज कुल ३४५ कम्पनीका ३ करोड १२ लाख ६ हजार १६२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० रुपैयाँ बराबरको कारोबार भएको छ।
बजार समग्रमा घटे पनि केही कम्पनीका शेयरमा उत्साह देखिएको छ। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिलायन्स लाइन इनर्जी, होटल फोरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक्सका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए।
यसैबीच, सात वटा कम्पनीका शेयरमा भने नकारात्मक सर्किट ब्रेकर लागेको छ, जसले बजारमा दबाब कायम रहेको संकेत गर्दछ।
प्रतिक्रिया