काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विदेशबाट आयात गरी नेपालमा बिक्री गरिने सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्न निर्देशन दिएको छ।
सोमबार जारी गरिएको विज्ञप्तिमा विभागले आयातकर्ताहरूलाई १५ दिनभित्र आयातित तथा मौज्दात (स्टक) मा रहेका सबै वस्तुमा एमआरपी स्पष्ट रूपमा तोक्न भनिएको छ। तोकिएको समयसीमाभित्र एमआरपी नतोकिए कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
विभाग र नेपाल समुद्रपार निकासी–पैठारी संघका प्रतिनिधिबीच भएको छलफलपछि यस्तो निर्णय गरिएको हो। उपभोक्ताको हित संरक्षण तथा बजारलाई थप पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले यो कदम चालिएको विभागले जनाएको छ।
प्रतिक्रिया