काठमाडौं – नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले बढेको हो।
आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १५५ रुपैयाँले वृद्धि भई ५ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ६५ रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।
प्रतिक्रिया