जनक शिक्षाका सुब्बालाई सफाइ पेश गर्ने मौका
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले एक वरिष्ठ सहायकलाई सफाइ पेश गर्न सूचना जारी गरेको छ ।
पाँचौं तहका दिनेश पौडेल बिना जानकारी गैरहाजिर रहेपछि केन्द्रले ३० दिनभित्र सफाइ पेश गर्न सोमबार सूचना जारी गरेको हो ।
पौडेल गत वैशाख १ गतेदेखि बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म कार्यालयमा अनुपस्थित रहेको आयोगको सूचनामा उल्लेख छ ।
तोकिएको अवधिमा सफाइ पेश नगरेमा कानूनअनुसार थप कारबाही हुने केन्द्रले चेतावनी दिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया