नेप्से १३.१७ अंकले घट्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १३.१७ अंकले घटेर २८२५ अंकमा झरेको छ।
कारोबार सुरु भएको केही मिनेटमै नेप्से २८४५ अंकसम्म पुगे पनि सो विन्दु नै दिनभरको उच्च स्तर बनेको थियो। अघिल्लो दिन सामान्य वृद्धि भएको बजारमा आज पुनः गिरावट देखिएको हो।
आज कुल कारोबार रकम पनि घटेर ५ अर्ब ४३ करोड रुपैयाँमा सीमित भयो, जबकि अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएको थियो। आज ६५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहतर्फ होटल तथा पर्यटन समूह मात्रै १.०१ प्रतिशतले बढेको छ। अन्य सबै समूहका सूचक घटेका छन्। बैंकिङ ०.८४, विकास बैंक ०.१६, फाइनान्स ०.७०, हाइड्रोपावर ०.२३, लगानी ०.८४, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन ०.८४, माइक्रोफाइनान्स ०.४९, निर्जीवन बीमा ०.११, अन्य ०.४० र व्यापार समूह ०.३३ प्रतिशतले घटेका छन्।
आजदेखि सेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्ने नयाँ व्यवस्था लागू भएसँगै केही कम्पनीमा उच्च उतारचढाव देखिएको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावरको मूल्य १५ प्रतिशतले बढेको छ।
त्यसैगरी झापा इनर्जी ११.८८, रिलायन्स इनर्जी १०.९९ र सुपर खुदी हाइड्रोपावर ५.३५ प्रतिशतले बढेका छन्। विपरीत रूपमा दोल्ती पावर ५.३५ र एसियन हाइड्रोपावर ४.५० प्रतिशतले घटेका छन्।
आज सर्वाधिक कारोबार भएका कम्पनीहरूमा होटल फरेस्ट इन, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स रहेका छन्।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया