आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) जिल्लास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयसँग सम्बन्धित आर्थिक अनियमितता तथा सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको आरोपमा आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आरोप पत्रमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खेमराज खड्का तथा प्रधानाध्यापक हरि प्रसाद खनालसहित आठ जना व्यक्तिलाई प्रतिवादी बनाइएको छ।
सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा भ्रष्टाचारसम्बन्धी कसुरमा उनीहरूविरुद्ध कानुनी कारबाही अघि बढाइएको उल्लेख गरिएको छ।


प्रतिक्रिया