सुनको मूल्य निरन्तर ओरालो, प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार हुँदै
काठमाडाैं । आइतबारयता सुनको मूल्य निरन्तर घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज नौ सय रुपैयाँले ओरालो लागको हो ।
महासंघका अनुसार सोमबार तोलामा एक लाख दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला चार सय रुपैयाँ घटेर एक लाख ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै सोमबार प्रतितोला ९९ हजार सात सय रूपैयाँमा कारोबार भएको तेजावी सुन आज ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा १० रुपैयाँ घटेको चाँदी आज स्थिर छ । आज चाँदी सोमबारकै मूल्य अर्थात एक हजार ३५० रुपैयाँमा कारोबार भइरहको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया