NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि आज निर्वाचन

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ। महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन्। उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि निर्वाचन हुन लागेको हो।

महासंघको नयाँ कार्यकारिणी समितिको चुनावका लागि दुई समूहबीच प्रतिस्पर्धा हुँदै छ। महासंघको आगामी नेतृत्वका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठ समर्थित एक समूह र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूह प्रतिस्पर्धामा छन्।

ढकाल समूहलाई वर्तमान अध्यक्ष चन्द्र ढकालले समर्थन गरेको चर्चा छ तर ढकालले खुला रूपमा समर्थन गरेको देखिएको छैन। महासंघका हेमराज ढकाल अध्यक्ष चन्द्र ढकालका भाइ भने होइनन्। उक्त प्यानलले अध्यक्ष ढकाललाई नै कार्यक्रममा राखेर प्यानल घोषणा गरेको थियो। ढकालको प्यानलमा जिल्ला–नगर उद्योग, वाणिज्य समूहतर्फको उपाध्यक्षमा उमेश डालमिया ९झापा उद्योग वाणिज्य संघ र कल्पना गैरे दार्चुला उद्योग वाणिज्य संघ  उमेदवार छन्।

जिल्ला नगर समूहबाट दुईजना उपाध्यक्ष निर्वाचित हुन्छन्। निर्वाचनमा जिल्ला नगर समूहको सबैभन्दा ठूलो प्रभाव रहँदै आएको छ। ढकाल प्यानलबाट वस्तुगततर्फको उम्मेदवार उपाध्यक्ष नरेशलाल श्रेष्ठ छन्।एशोसिएटतर्फ उपाध्यक्षमा उम्मेदवार ज्योत्सना श्रेष्ठ रहेकी छन्। वस्तुगत समूहलाई प्रतिनिधित्व हुने गरी नरेशलाल श्रेष्ठको प्यानलमा वस्तुगत महासंघतर्फको कार्यकारिणी सदस्य समेतका लागि उम्मेदवारी परिसकेको छ।

ढकाल समूहको एशोसिएट उपाध्यक्ष उम्मेदवार ज्योत्सना श्रेष्ठ प्यानलको तर्फबाट पनि कार्यकारिणी सदस्यमा उम्मेदवारी परेको छ। भावी अध्यक्ष श्रेष्ठको साथ भएको अर्को समूहले भने वरिष्ठ उपाध्यक्ष अझै औपचारिक रूपमा घोषणा गरिसकेको छैन। श्रेष्ठको प्यानल भनेर सार्वजनिक भएको उक्त समूहले वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरेलाई उम्मेदवार बनाएको छ।

महासंघको नयाँ कार्यकारिणी समितिका लागि ७३ पदमा १३७ व्यवसायीले उम्मेदवारी दिएका छन्। सोमवार शुरू भएको नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभामा निजीक्षेत्रका प्रतिनिधिहरूले निजीक्षेत्रले सम्मानित भएर व्यवसाय गर्न पाउनुपर्नेमा जोड दिएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष