नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
काठमाडौँ । भारतले नेपालसँगको द्विपक्षीय सहकार्यअन्तर्गत पेट्रोलियम पदार्थ र रासायनिक मलको आपूर्ति निरन्तर जारी रहने जनाएको छ ।
बिहीबार आयोजित नियमित मिडिया ब्रिफिङमा रणधीर जैसवालले नेपाल-भारत सम्बन्ध बहुआयामिक प्रकृतिको रहेको उल्लेख गर्दै व्यापार तथा आपूर्ति व्यवस्थापनका क्षेत्रमा सहकार्य कायम रहेको बताएका हुन् ।
नेपालमा अत्यावश्यक वस्तुको आपूर्तिसम्बन्धी प्रश्नको जवाफ दिँदै उनले दुई देशबीचको आयात-निर्यात प्रणाली नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिए । पेट्रोलियम पदार्थको हकमा विद्यमान द्विपक्षीय सम्झौताअनुसार नै आपूर्ति भइरहेको र आगामी दिनमा पनि सोही ढाँचामा सहयोग निरन्तर रहने उनको भनाइ थियो ।
रासायनिक मल आपूर्तिका विषयमा पनि भारतीय पक्षले आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाललाई आवश्यक पर्ने मल उपलब्ध गराइने भन्दै प्रवक्ता जैसवालले यस क्षेत्रमा सहकार्य कायम रहने संकेत दिएका छन् ।
नेपालले पछिल्लो समय रासायनिक मल खरिदका लागि भारतसँग सरकार-सरकार (जीटुजी) मोडेलमार्फत समझदारी अघि बढाएको छ । यस्तै, इन्धन आपूर्तिका सन्दर्भमा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन बीच लामो समयदेखिको व्यावसायिक सहकार्य रहँदै आएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया