सुनको भाउमा फेरि बढ्यो
काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको मूल्यले वृद्धिको यात्रालाई आज पनि निरन्तरता दिएको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ। यो मूल्य इतिहासकै उच्च विन्दु नजिक हो।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा सुनको भाउमा लगातार सुधार देखिएको छ, जहाँ बुधबार सुन २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
सेतो धातु चाँदीको मूल्यमा पनि आज ठूलो उछाल आएको छ। बिहीबार प्रतितोला ५ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२० रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ। गत बुधबार चाँदीको मूल्य ५ हजार ५० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा डलरको स्थिति र भू-राजनीतिक परिस्थितिका कारण बहुमूल्य धातुको मूल्य बढिरहेको विश्लेषण गरिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ७१५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको यो बढोत्तरीको सिधा असर नेपाली बजारमा परेको हो, जसले गर्दा स्थानीय बजारमा सुनको भाउ प्रतितोला ३ लाख रुपैयाँको मनोवैज्ञानिक विन्दुलाई छुनै लागेको छ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया