उत्तर कोरियाले आणविक शक्तिलाई निरन्तरता दिने
प्योङयाङ । उत्तर कोरियाली नेता किम जङ उनले कोरियाली जनसेना (केपीए) को स्थापनाको ९०औं वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन जारी राख्ने बताएका छन् ।
‘हामी अधिकतम गतिमा रहेको आणविक शक्तिलाई थप विकास र सुदृढ पार्ने उपायहरू अवलम्बन गर्नेछौं’ किमले भने ।
उनका अनुसार उत्तर कोरियाले कुनै पनि बेला परमाणु हतियारको प्रतिरोधात्मक शक्ति प्रयोग गर्न सक्षम हुनका लागि सावधानीपूर्वक तयारी गर्नेछ ।
रातको समय भएको परेडमा उत्तर कोरियाको सबैभन्दा ठूलो र नयाँ अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम) पनि प्रदर्शन गरिएको थियो ।
प्योङयाङले लगभग पाँच वर्षमा पहिलोपटक आइसिबिएमकाे प्रक्षेपणसहित वर्षको सुरुदेखि नै हतियार परीक्षणहरू गरिरहेकाे छ ।
कोरियाले सामान्यतया शक्ति प्रदर्शन गरेर प्रमुख उत्सवहरु मनाउँदै आएको छ । देशका संस्थापक एवं किमका हजुरबुवा किम इल सुङको ११० वर्ष जन्मजयन्तीका अवसरमा अप्रिल १५ मा सैन्य परेड गर्ने अपेक्षा गरिएको थियो ।
कार्यक्रममा त्यो दिन नाच, गान र आतिशबाजीको सामूहिक उत्सव गरेर मनाइएको भनिए पनि स्याटलाइटमा राजजधानीनजिकैको एक प्रशिक्षण मैदानमा हजारौं सेनाहरू सम्मिलित परेडको लागि पूर्वाभ्यास भएको देखाएको थियो ।
किमले आफ्नो बुबाको मृत्यु पछि देशको शासन हातमा लिएपछि १० वर्षभन्दा कम समयमा उत्तर कोरियाले राष्ट्रिय उत्सवमा १२ वटा प्रमुख सैन्य परेडहरू आयोजना गरिसकेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया