वन अधिकृतसहित ६ जनाविरुद्ध जनही ८ लाख ८७ हजार भ्रष्टाचार मुद्दा दायर
काठमाडाैं । डिभिजन वन कार्यालय मुगुमा कार्यरत वनअधिकृत भरत बहादुर बुढा थापासहित ६ जनाविरुद्ध जनही ८ लाख ८७ हजार ६५३ रुपैयाँ बराबर बिगो रकमसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्याएको आरोपमा आज उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
मुगुको सोरु गाउँपालिकाको जवालधारस्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण कार्य गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलोमत्तोमा हुँदै नभएको कामको झुठ्ठो बिल बनाई विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो । उक्त अनुसन्धान गर्दा कार्यभन्दा बढी परिमाण उल्लेख गरी बिल तयार गरेको र फिल्डमा कार्य नगरी ८ लाख ८७ हजार रुपैयाँ रकम मास्ने उद्देश्यले काम गरेको खुलेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार उनीहरुको उक्त कार्य भ्रष्टाचार ऐन विपरित हुन आएको हुँदा उनीहरुविरुद्ध जनही ८ लाख ८७ हजार ६५३ रुपैयाँ बिगोसमेत असुलउपर गरी कारबाहीको लागि अदालतमा मागदाबी गरिएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया