काठमाडौँमै दैनिक २ हजार बढी चालक ट्राफिक कारबाहीमा, राजस्व २० लाख माथि संकलन
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ३ सय ६५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २१ लाख ७७ हजार ५ सय ४ रुपैयाँ राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ८८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २ सय ५८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ५६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ७४ जनालाई कारबाही गरिएको छ ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय २३, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय २८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय २४, एकतर्फी सडकमा सवारी चलाउने १ सय ६३ र अन्य सवारी नियम पालना नगरेका एक हजार १ सय २१ जनालाई कारबाही गरिएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया