NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो

काठमाडौं – नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज ५५ अर्ब चार करोड ७८लाख रुपैयाँ बराबर पुगेको छ।

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनका अनुसार बमोजिम उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ। निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब रुपैयाँ बराबरको ऋण लिएको थियो। यस्तै, नागरिक लगानी कोषबाट१२ अर्ब रुपैयाँ बराबरको ऋण लिएको थियो।

कुल तिर्न बाँकी सावाँ तथा ब्याज गरी कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार रुपैयाँ र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबर रहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष