शेयर बजारमा लगातार गिरावट
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक मंगलबार पनि आरोलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, कारोबार मापक नेप्से परिसूचक छ दशमलव ५१ अङ्कले ओरालो लागेर दुई हजार ७२४ दशमलव ३९ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६८ अङ्कले ओरालो लागेर ४६७ दशमलव ३७ मा सीमित भएको छ । कुल ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता शेयर तीन अर्ब आठ करोड ७७ लाख ३० हजार ९६२ मूल्यमा खरिद–बिक्री भएको छ ।
नेप्सेका अनुसार, सिटी होटल, साहस ऊर्जा, आँखु खोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैङ्क र एसवाई नेपाल लिमिटेड कारोबारका आधारमा शीर्ष स्थानमा रहेको छ ।
यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैङ्क, नेपाल रिपब्लिक मिडिया, दार्माखोला हाइड्रो इनर्जी, ग्लोबल आइएमई ब्यालेन्स फन्ड पहिलो र नेपाल एसबिआई बैङ्कको ऋणपत्रका लगानीकर्ताले कमाएका छन् ।
त्यसैगरी, सिटी होटल, थ्री स्टार हाइड्रोपावर, प्रभु बैङ्कको ऋणपत्र २०८७, झापा इनर्जी र केबिए डिवेञ्चरका लगानीकर्ताले भने गुमाएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया