दश महिनामा करिब १९ खर्बको वैदेशिक व्यापार, व्यापार घाटा १४ खर्बभन्दा बढी
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो दश महिनामा नेपालको वैदेशिक व्यापार करिब १९ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। भन्सार विभागका तथ्यांकअनुसार साउनदेखि वैशाखसम्म कुल व्यापार १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबर रहेको देखिएको हो।
उक्त अवधिको व्यापार अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा १४.९२ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष यही अवधिमा कुल वैदेशिक व्यापार १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबर रहेको थियो।
व्यापार संरचनामा आयात उच्च रहेको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको दश महिनामा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.८२ प्रतिशतले बढेको हो। सोही अवधिमा अघिल्लो वर्ष आयात १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबर थियो।
यसै अवधिमा निर्याततर्फ २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा विदेश पठाइएको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.२५ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष सोही अवधिमा निर्यात २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो।
समग्र व्यापार असन्तुलनका कारण देशले ठूलो घाटा व्यहोर्नुपरेको देखिन्छ। दश महिनामा मात्र १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको तथ्यांक सार्वजनिक भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा अझै बढेको अवस्था हो।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया