१० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
पर्सा । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु. सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ ।
गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै रु. एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज हुँदै हुने आयातमा बढोत्तरी भएको बताए । उनले चालु आवको पेट्रोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको बताए । जबकि गत आवको १० महिनामा भने रु. छ खर्ब ९२ अर्ब ४३ करोड मूल्यका वस्तु तथा सामान आयात भएको थियो ।
चालु आवको १० महिनामा रु. एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको छ । त्यसैगरी, सोही अवधिमा रु. ६९ अर्ब ४२ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएको छ । रु. ५७ अर्ब ६६ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । त्यसैगरी रु. ५५ अर्ब सात करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया