सिवाइसी लघुवित्तको आइपिओ बिहीबार बाडँफाड हुने, माग भन्दा बढी आवेदन

काठमाडौं । सिवाइसी लघुवित्तको आइपिओ बिहीबार बाडँफाड हुने भएको छ । बिहीबार बिहान ९ बजे आइपिओ बाडँफाड गर्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।
लघुवित्तले वैशाख २ गतेदेखि ६ गतेसम्म उक्त आइपिओ सर्वसाधारणको लागि बिक्री खुलाएको थियो । लघुवित्तले कुल ३ लाख ९५ हजार ३ सय ३६ कित्ता बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७ सय ६६ कित्ता सामूहिक लगानी कोष तर्फ, ६ हजार ८२ कित्ता कर्मचारीतर्फ र बाँकी ३ लाख ६९ हजार ४ सय ८८ कित्ता सर्वसाधारणतर्फ आवेदन कम्पनीले खुलाएको थियो ।
कम्पनीका अनुसार उक्त आइपिओमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेको छ । यसले गर्दा ३६ हजार ९ सय ४८ जनाले मात्र सेयर पाउँनेछन् भने २२ लाख ४७ हजार ९ सय आवेदकको हात खाली रहने छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया