सिवाइसी लघुवित्तको आइपिओ बिहीबार बाडँफाड हुने, माग भन्दा बढी आवेदन
काठमाडौं । सिवाइसी लघुवित्तको आइपिओ बिहीबार बाडँफाड हुने भएको छ । बिहीबार बिहान ९ बजे आइपिओ बाडँफाड गर्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।
लघुवित्तले वैशाख २ गतेदेखि ६ गतेसम्म उक्त आइपिओ सर्वसाधारणको लागि बिक्री खुलाएको थियो । लघुवित्तले कुल ३ लाख ९५ हजार ३ सय ३६ कित्ता बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७ सय ६६ कित्ता सामूहिक लगानी कोष तर्फ, ६ हजार ८२ कित्ता कर्मचारीतर्फ र बाँकी ३ लाख ६९ हजार ४ सय ८८ कित्ता सर्वसाधारणतर्फ आवेदन कम्पनीले खुलाएको थियो ।
कम्पनीका अनुसार उक्त आइपिओमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेको छ । यसले गर्दा ३६ हजार ९ सय ४८ जनाले मात्र सेयर पाउँनेछन् भने २२ लाख ४७ हजार ९ सय आवेदकको हात खाली रहने छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया