मध्यपश्चिम विश्वविद्यालयको मौखिक परीक्षामा विज्ञको रूपमा ‘अयोग्य’ व्यक्ति

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयमा आमसञ्चार र पत्रकारिता विषयको उप–प्राध्यापक पदकोे मौखिक परीक्षामा विज्ञको रूपमा अयोग्य व्यक्तिलाई बोलाएको पाइएको छ । विश्वविद्यालय सेवा आयोगले कार्यविधिविपरीत अयोग्य व्यक्तिलाई विज्ञ बनाएको हो ।
गत चैत १० मा लिइएको मौखिक परीक्षा प्रभावित पार्नका लागि अन्तर्वार्ता टोलीमा अयोग्य व्यक्ति डा. महेन्द्र विष्टलाई बोलाइएको स्थानीय एक सरोकारवालाले नेपालवाचलाई जानकारी दिए ।
‘उपप्राध्यापक पदका लागि प्राध्यापक वा सहप्राध्यापक वा सो सरहका विषय विज्ञ बोलाउन सकिनेछ’, विश्वविद्यालयको कार्यविधिमा उल्लेख गरिएको छ ।
यो कार्यविधि अनुसार डा. विष्टको योग्यता नपुग्ने स्रोतको दाबी छ ।
को हुन् विष्ट ?
विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । उनले न्युनतम पारिश्रमिक निर्धारण समितिमा रहेरसमेत काम गरेका छन् । विष्ट एमालेनिकट मानिन्छन् ।
‘नेपाल टेलिभिजनको प्रमुखमा राजनीतिक नियुक्ति खाइसकेका विष्ट पत्रकार हुन् । तर, उनी विश्वविद्यालयमा आमसञ्चार र पत्रकारिता पढाउने सहप्राध्यापक वा प्राध्यापक भने होइनन् । यसर्थ, विज्ञको रूपमा उनको योग्यता पुग्दैन’, एक सरोकारवालाले नाम उल्लेख नगर्ने सर्तमा भने ।
वन अधिकृतसहित ६ जनाविरुद्ध जनही ८ लाख ८७ हजार भ्रष्टाचार मुद्दा दायर
प्रतिक्रिया