NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ५ गते

सार्वजनिक संस्थानको सम्पत्ति ३२ खर्ब नाघ्यो

काठमाडौं । नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थानको संख्या ४५ छ । जसमध्ये दुईवटा बन्द छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण ०८२/८३ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति ९.५ प्रतिशतले ३२ खर्ब ६ अर्ब ९१ करोड पुगेको जनाए । यो कुल गार्हस्थ्य उत्पादनको ५० प्रतिशतभन्दा बढी हो । अघिल्लो वर्ष यस्तो सम्पत्ति २९ खर्ब २८ अर्ब ९७ करोड ४६ लाख रहेको थियो ।

०८२ असारसम्म सार्वजनिक संस्थानमा सरकारको सेयर लगानी तीन खर्ब ७० अर्ब २५ करोड २० लाख तथा ऋण लगानी चार खर्ब २८ अर्ब ३१ करोड १५ लाख पुगेको छ ।

यसरी सरकारको कुल लगानी सात खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख पुगेको उनले जनाए । अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारको कुल लगानी १३.४ प्रतिशतले बढी हो ।

सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ नोक्सानीमा तथा दुई संस्थान बन्द अवस्थामा रहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष