इरानसँग चौबीसै घण्टा संवाद भइरहेको राष्ट्रपति ट्रम्पको दाबी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाबीचको वार्ता रोकिएको दाबी गरिएका समाचारहरू झूटो भएको बताएका छन्।
राष्ट्रपति ट्रम्पले मंगलवार राति ढिलो गरी इरान र अमेरिकाबीच लगातार कुराकानी भइरहेको स्पष्ट पारेका हुन्।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट लेख्दै ट्रम्पले भनेका छन्, ‘केही दिनअघि इरान र अमेरिकाबीचको वार्ता बन्द भएको भन्ने समाचारहरू पूर्णतः गलत हुन्। हाम्राबीच लगातार संवाद भइरहेको छ-चार दिनअघि, तीन दिनअघि, दुई दिनअघि, एक दिनअघि र आज पनि वार्ता भएको छ।’
यसअघि, लेबनानमा भइरहेका आक्रमणहरूका कारण वार्ता रोकेको इरानले बताएको थियो। तर, ट्रम्पको सल्लाहपछि इजरायलले लेबनानमाथिको आक्रमण रोक्ने कुरा जनाएको थियो।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया