फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी
मनीला– फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायतका देशले सुनामीको चेतावनी जारी गरेका छन्।
स्थानीय समय अनुसार बिहान ७:३७ बजे फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओमा अवस्थित सहरको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पको तीव्रता र गहिराइका बारेमा विभिन्न भूगर्भसम्बन्धी निकायले फरक-फरक प्रारम्भिक विवरण सार्वजनिक गरेका छन्। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थान (फिभोल्क्स) का अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर रहेको थियो।
तर, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने उक्त भूकम्प ७.८ म्याग्निच्युडको मापन गरेको छ। यूएसजीएसका अनुसार यसको गहिराइ ३५ किलोमिटर छ। यस्तै, जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजले पनि भूकम्प ७.८ म्याग्निच्युडकै रहेको र यसको गहिराइ ५० किलोमिटर रहेको जनाएको छ।
शक्तिशाली भूकम्पसँगै समुद्रमा ठुला छाल आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका देशले सतर्कता अपनाउन थालेका छन्। भूकम्पबाट भएको थप क्षति र विवरणहरू आउन बाँकी छ।
ताजा अपडेट
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने राष्ट्रपति ट्रम्पको दाबी
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो
-
‘ब्यारेकजस्तै घर’, एकै परिवारका दर्जन सदस्य सुरक्षाकर्मी
-
स्वास्थ्य बिमा भुक्तानी सहज बन्दै, सरकारले एक सातामै २१७ अस्पताललाई पठायो १ अर्ब
-
नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने


प्रतिक्रिया