सवारी दुर्घटनामा तीन जनाको मृत्यु, दुईको पहिचान खुलेन
धनुषा । धनुषामा दुर्घटना परेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–४ का १९ वर्षीय सुमित टिण्डेवाल र पहिचान नखुलेका अन्य दुई जना छन् ।
प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार सोमबार राति क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोल सडक छेउमा रोकिएको ना२ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु८३प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
गम्भीर घाइते तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । उनीहरूको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया