पारिवारिक बजेट के हो ? यसरी बनाउन सकिन्छ पारिवारिक बजेट
काठमाडौं । सर्वपथम पारिवारिक बजेट बुझन बजेट बुझन जरुरी हुन्छ । सरकारले प्रत्येक वर्ष बजेट भाषण गर्ने कुराबाट त हामी अवगत नै छौँ । उक्त बजेट सरकारले चालु आर्थिक वर्षमा के कस्ता ठाउँमा बजेट खर्च गर्ने भन्ने विवरणको योजना बनाई त्यसको कार्यान्वयन गर्नु नै बजेट हो ।
जसरी सरकारले आर्थिक वर्षको लागि बजेट छुट्टाउँछ त्यसैगरि हामीले पनि आफ्नो घरको बजेट बनाउन सक्छौँ । यसले हामीलाई उचित खर्चको व्यवस्थापन गर्न सिकाउँछ । के हो त पारिवारिक बजेट ? परिवारमा बनाइने आम्दानी र खर्चको अनुमानित विवरणलाई नै पारिवारिक बजेट भनेर बुझिन्छ ।
यसले परिवारभित्रको आम्दानीका स्रोतको राम्रोसँग उपयोग तथा आवश्यकताका आधारमा खर्च गर्न सहयोग तथा मूल्यांकन गर्न सिकाउँछ ।
किन चाहिन्छ त पारिवारिक बजेट ?
१) यसले आम्दानी र खर्चको अनुमान गर्न सिकाउँछ ।
२) पारिवारिक बजेटले सावधानीपूर्वक खर्च गर्न प्रोत्साहन गर्छ ।
३) यसले परिवारमा पैसाको व्यवस्थापन गर्न सहयोग गर्दछ ।
कसरी बनाउने पारिवारिक बजेट ?
१) आफ्नो वित्तिय लक्ष्य पत्ता लगाउने ।
२) आम्दानीको स्रोत अनुसार हिसाबकिताब गर्ने ।
३) बचत गर्न सकिने पैसाको निर्धारण गर्ने ।
४) आम्दानीभन्दा खर्च कम गर्ने ।
५) आम्दानी र खर्चको पुनरावलोकन गर्दै अगाडी बढ्ने ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया