NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

पारिवारिक बजेट के हो ? यसरी बनाउन सकिन्छ पारिवारिक बजेट

काठमाडौं । सर्वपथम पारिवारिक बजेट बुझन बजेट बुझन जरुरी हुन्छ । सरकारले प्रत्येक वर्ष बजेट भाषण गर्ने कुराबाट त हामी अवगत नै छौँ । उक्त बजेट सरकारले चालु आर्थिक वर्षमा के कस्ता ठाउँमा बजेट खर्च गर्ने भन्ने विवरणको योजना बनाई त्यसको कार्यान्वयन गर्नु नै बजेट हो ।

जसरी सरकारले आर्थिक वर्षको लागि बजेट छुट्टाउँछ त्यसैगरि हामीले पनि आफ्नो घरको बजेट बनाउन सक्छौँ । यसले हामीलाई उचित खर्चको व्यवस्थापन गर्न सिकाउँछ । के हो त पारिवारिक बजेट ? परिवारमा बनाइने आम्दानी र खर्चको अनुमानित विवरणलाई नै पारिवारिक बजेट भनेर बुझिन्छ ।
यसले परिवारभित्रको आम्दानीका स्रोतको राम्रोसँग उपयोग तथा आवश्यकताका आधारमा खर्च गर्न सहयोग तथा मूल्यांकन गर्न सिकाउँछ ।

किन चाहिन्छ त पारिवारिक बजेट ?

१) यसले आम्दानी र खर्चको अनुमान गर्न सिकाउँछ ।
२) पारिवारिक बजेटले सावधानीपूर्वक खर्च गर्न प्रोत्साहन गर्छ ।
३) यसले परिवारमा पैसाको व्यवस्थापन गर्न सहयोग गर्दछ ।
कसरी बनाउने पारिवारिक बजेट ?
१) आफ्नो वित्तिय लक्ष्य पत्ता लगाउने ।
२) आम्दानीको स्रोत अनुसार हिसाबकिताब गर्ने ।
३) बचत गर्न सकिने पैसाको निर्धारण गर्ने ।
४) आम्दानीभन्दा खर्च कम गर्ने ।
५) आम्दानी र खर्चको पुनरावलोकन गर्दै अगाडी बढ्ने ।