रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ । उनले भने, “एकिन संख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेदवारी परेको छ । आज बिहान ९:०० बजे नामावली प्रकाशन गरिनेछ ।”
निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन् ।
ताजा अपडेट
-
असार तेस्रो सातादेखि बर्दियाका सुकुम्बासीलाई ४ आनाका दरले जग्गा वितरण गरिने, देशभर लगत संकलन जारी
-
३ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी
-
गैर हाजिर भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
-
रास्वपा केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी


प्रतिक्रिया