अमेरिकालाई इरानको जवाफ, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डा निशानामा
इरान – इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेकाे छ । बीबीसी फारसी सेवाका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले आइतबार बिहान कुवेतस्थित अली अल–सलेम एयरबेस र बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडाको मुख्यालयसँग सम्बन्धित आठ स्थानलाई निशाना बनाएर आक्रमण गरेको हाे ।
आईआरजीसीका अनुसार संयुक्त सैन्य अभियानअन्तर्गत ती आक्रमण गरिएको हो । यस क्रममा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रयोग गरिएको जनाएको छ ।
आईआरजीसीले उक्त आक्रमण हालै इरानमाथि अमेरिकाले गरेको सैन्य कारबाहीको जवाफस्वरूप गरिएको दाबी गरेको छ । यद्यपि, अमेरिकी अधिकारीहरूले हालसम्म यसबाट भएको कुनै क्षति वा मानवीय हताहतीबारे प्रतिक्रिया दिएका छैनन् ।
आईआरजीसीले यसअघि अमेरिकी सेनाले आफ्नो नौसैनिक बल र एउटा जहाजसँग भएको आमनेसामनेको घटनालाई बहाना बनाएर इरानका पाँचवटा तटीय चौकीमा आक्रमण गरेको आरोपसमेत लगाएको छ ।
विज्ञप्तिमा इस्लामाबाद सम्झौताअनुसार होर्मुज जलडमरू हुँदै हुने जहाजहरूको आवतजावत नियमन गर्ने जिम्मेवारी इरानको रहेको उल्लेख गर्दै अबदेखि आफूले उल्लंघनकर्ता ठहर गरेका जहाजविरुद्ध अझ कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
आईआरजीसीले युद्धविराम उल्लंघन भए इस्लामाबाद सम्झौता कार्यान्वयनका आगामी प्रक्रिया प्रभावित हुन सक्ने चेतावनी पनि दिएको छ । यसअघि बीबीसी फारसी सेवाले कुवेती सेनाले मिसाइल र ड्रोन आक्रमण भएको पुष्टि गरेको जनाएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया