चार दिनयता लगातार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । आइतबारयता सुनको मूल्य निरन्तर घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तीन सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला नौ सय घटेर ९९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै छापावाल सुन सोमबार तीन सय रूपैयाँ र आइतबार चार सय रूपैयाँ घटेको थियो ।
त्यस्तै मंगलबार प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार स्थिर चाँदी आज प्रतितोला १० रूपैयाँ घटेको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार ३४० रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार चाँदी प्रतितोला एक हजार ३५० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया