प्रदेश लोक सेवा आयोगले माग्यो १२ जना प्राविधिक सहायक
काठमाडौं । प्रदेश लोक सेवा आयोगले १२ जना प्राविधिक सहायक पदको लागि विज्ञापन खुलाएको छ । आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, पाँचौ तहअन्तर्गत प्रविधिक सहायक पदको लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको हो ।
आयोगले सामाजिक विकास मन्त्रालय सूदुरपश्चिम, धनगढी र कैलाली प्रदेशको पत्रबाट रिक्त माग भएअनुसार उक्त पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका उम्मेदवारलाई दरखास्तको लागि आह्वान गरेको छ ।
आयोगले निजामती सेवाअन्तर्गत शिक्षा सेवा, शिक्षा प्रशासन समूह, प्रविधिक सहायक पदमा खुलातर्फ सात जना, महिलातर्फ दुई जना तथा आदिवासी/जनजाति, मधेसी, दलिततर्फ एक/एक जना गरी १२ जना पदपूर्तिको लागि आवेदन आव्हान गरेको हो ।
आयोगका अनुसार उम्मेदवारले आयोगको वेवसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया