पूर्वअर्थमन्त्री विष्णु पौडेलको हिरासत थप तीन दिन लम्बियो
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा थप तीन दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार पौडेलको हिरासत अवधि थप तीन दिनका लागि बढाउने आदेश दिएको हो। योसँगै उनको हिरासत अवधि पाँचौं पटक थपिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलको हिरासत यसअघि असार ९ गते सात दिन, असार १५ गते तीन दिन, असार १८ गते छ दिन र असार २४ गते पाँच दिनका लागि थप गरिएको थियो।
यसैबीच, पौडेलकी पत्नीले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट भने सर्वोच्चले खारेज गरिसकेको छ।
ताजा अपडेट
-
इरान नाकाबन्दी पुनः लागू भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो
-
सुकुम्बासी तथा भूमिहीन व्यवस्थापनको प्रगति विवरण ७ दिनभित्र पेश गर्न सरकारलाई कानून समितिको निर्देशन
-
११ महिनाको औसत मुद्रास्फीति दुई दशमलव ८९ प्रतिशत
-
बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया