२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको आन्तरिक एकता कायम गर्ने साँचो सभापति गगन थापाको हातमा रहेको बताएका छन् ।
बिपीको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा खड्काले सभापति गगन थापाले नचाहँदासम्म पार्टी एकता हुन नसक्ने बताएका हुन् । उनले आफूहरू पार्टीलाई एकताबद्ध राख्न अन्तिम समयसम्म लागिरहने बताए ।
उनले भने, ‘यसअघि गिरिजाप्रसाद कोइरालाले फुटेको कांग्रेसलाई मिलाउने ऐतिहासिक निर्णय गर्नुभएको थियो । आज पार्टी मिलाउने कि विभाजन गर्ने भन्ने जिम्मा गगनजी तपाईंको हातमा छ । तपाईंले नचाहँदासम्म पार्टी मिल्न सक्दैन ।’ उनले पार्टी एकताका लागि नियमित महाधिवेशन र विशेष महाधिवेशनका संरचनाहरूलाई जोड्नुपर्ने बताए ।
उनले आफ्नो भेटमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले मिलाउने प्रतिबद्धता जनाए पनि बाहिर भने फरक कुरा आइरहेको बताए । उनले आफूहरूले पदको बार्गेनिङ नगरेको स्पष्ट पार्दै युवाहरूको रक्षाकवच बनेर उभिने प्रतिबद्धता व्यक्त गरे । .कांग्रेस एक भएमा मात्र संविधान निर्माण गर्ने सम्पूर्ण दलहरूलाई एकजुट बनाउने नेतृत्वदायी भूमिका खेल्न सक्ने बताए ।
खड्काले नेपाली कांग्रेसले बिपी कोइरालाको विचार र नीतिलाई छोडेको निष्कर्ष केवल कुनै एउटा कालखण्ड वा रणनीतिका आधारमा निकाल्न नहुने बताए । उनले यस्तो बुझाइले बिपीप्रति अन्याय हुने बताए ।
उनले भने, ‘बिपी कोइरालाको विचार र नीतिलाई कांग्रेसले छोड्यो भन्ने निष्कर्ष केवल कुनै एउटा कालखण्ड वा रणनीतिका आधारमा निकाल्यौं भने हामीले वीपीप्रति अन्याय गरेको ठहर्छ भन्ने मेरो बुझाइ छ ।’
उनले २०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा रहेको दाबी गर्दै देशको अस्तित्व नै चुनौतीपूर्ण अवस्थामा पुगेको टिप्पणी गरे । यस्तो अवस्थामा संवादमार्फत सहमतिको आधारमा नेपाली कांग्रेसभित्र सम्पूर्ण एकता कायम गर्नु सबैभन्दा ठूलो आवश्यकता भएको उनले बताए ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया