सरकारले किन दियो हप्तामा दुई दिन सार्वजनिक बिदा ?
काठमाडौं । हप्तामा एक दिन शनिबार मात्रै सार्वजनिक बिदा हुने गरेकोमा सरकारले एक दिन थप गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अब आइतबार पनि सार्वजनिक बिदा हुने भएको छ । सरकारको यो पछिल्लो निर्णय आगामी जेठ १ गतेदेखि लागू हुनेछ ।
हप्तामा दुई दिन सार्वजनिक बिदा दिएपछि सरकारले कार्यालय समय पनि परिवर्तन गरेको छ । अबदेखि कार्यालय समय बिहान साढे ९ बजे सुरु हुनेछ । अहिले पनि हिउँदमा चार बजे र गर्मी महिनामा ५ बजेसम्मको कार्यालय समय थियो ।
किन दियो सरकारले दुई दिन बिदा ?
पछिल्लो समय अर्थतन्त्र जोखिममा परेपछि दुई दिन सार्वजनिक बिदा दिएर खर्च कटौती गर्ने विषय अघि बढेको थियो । संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परीक्षणका रुपमा दुई दिन दिने र कार्यालय समय बढाउने निर्णय गरेको जानकारी दिएका छन् ।
अर्थतन्त्रमा थप जोखिममा नपुगोस् भन्दै सरकार यस्तो निर्णयमा पुगेको हो । पछिल्लो समय बिदेशी मुद्राको सञ्चिति घट्ने र शोधानान्तर घाटा बढ्दा अर्थतन्त्र थप जोखिममा पुग्ने बाटोमा छ । यसैले सार्वजनिक बिदा बढ्दा सरकारको खर्चसमेत कम हुने दाबी सरकारको छ । सरकारले विलासी वस्तुको सामान आयातमा समेत कडाइ गरेको छ ।
पेट्रोलियम पदार्थको आयात घटाउने, विभिन्न १० वटा वस्तुको आयातमाथि पूर्ण प्रतिबन्द लगाएर आयात घटाउने नीति लिएको छ । दुई दिन बिदा दिंदा पेट्रोलियम पदार्थको आयात धेरै नै घट्ने सरकारको प्रक्षेपण छ । यस्तो हुँदा विदेशी विनिमय सञ्चिति बढ्ने दाबी सरकारको छ ।
दुई दिन बिदा दिने सरकारको निर्णयले सेवाग्राहीलाई भने समस्या हुने भएको छ । हप्तामा ५ दिन कार्यालय समय हुनेभएपछि भीडभाड भने बढ्ने भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया