सेमिफाइनल समीकरण पूरा, फाइनल प्रवेशका लागि को–को भिड्दैछन् ?

काठमाडौं । अफ्रिका कप अफ नेसन्स फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति भएको अन्तिम क्वार्टरफाइनल खेलमा इजिप्टले मोरक्कोलाई २–१ गोलअन्तरले हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
अब फाइनल प्रवेशका लागि साडियो मानेको सेनेगलले बुर्किना फासोको सामना गर्नेछ । यो खेल फेब्रअरी २ मा हुनेछ ।
यस्तै, दोस्रो सेमिफाइल खेलमा मोहम्मद सलाहको इजिप्टले आयोजक क्यामरुनको सामना गर्नेछ । यो खेल फ्रेब्रअरी ३ मा हुनेछ ।
फाइनल भने फ्रेब्रअरी ६ मा हुने छ । सोही दिन फाइनलअघि सेमिफाइनलमा पराजित दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया