इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ।
गत साउन १८ गते बिहान करिब ११:२० बजे इँटा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो। सोही दुर्घटनामा परी ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते कोरीको उपचारका क्रममा बुधबार बिहान ३:३० बजे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि मृतक लोधको शव पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइसकिएको छ भने कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।
ताजा अपडेट
-
सरकार र नर्सिङ अभियान्ता रानाभाटबीचमा १९ बुँदे सहमति, रानाभाटले तोडिन् अनसन
-
वस्तु खरिद बिक्रीमा अनिवार्य बिल लिन दिन सरकारको ताकेता
-
इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
-
इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
-
आज प्रतिनिधि सभा अन्तर्गतका चार समितिको बैठक बस्दै


प्रतिक्रिया