NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २० गते

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ ।

सोमबार बिहान करिब ११:२० बजे इँटा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए ।

घाइते कोरीलाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा साउन २० गते बिहान ३:३० बजे उनको मृत्यु भएको हो ।

लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष