मृतक गणेश यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने
सिरहा। रहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ।
मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतक परिवारबीच शुक्रबार साँझ भएको सहमतिअनुसार मृतक यादवको परिवारका लागि दुईकोठे घर, किचन र शौचालय निर्माण गरिदिने भएको हो ।
प्रदेश सरकारद्धारा सञ्चालित ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत मृतक यादवको परिवारलाई घर बनाइने सहमति पत्रमा उल्लेख छ ।
सुनसरीको देवानगञ्ज घटनाको विषयलाई लिएर सिरहाको गोलबजारमा यही १४ साउनमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर यादवको मृत्यु भएको थियो । मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेको पाइएकोले प्रदेश सरकारको तर्फबाट घर निर्माण गरिदिने सहमति भएको मन्त्री सिंहले बताए ।
ताजा अपडेट
-
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री
-
साउदी, टर्की र पाकिस्तानबीच रक्षा सम्झौता, एक देशमाथिको आक्रमण तीनैविरुद्ध मानिने
-
आज कुन तरकारीको मूल्य कति?
-
स्तनपान गराउने तरिका सिकाउँदै स्वास्थ्यकर्मी
-
१०० रुपैयाँको बिलबाट १० लाख जित्ने मौका, कसरी सहभागी हुने ?


प्रतिक्रिया