NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २५ गते

नेतन्याहूले ट्रम्पको १५ बुँदे गाजा शान्ति योजना अस्वीकार गरेको घोषणा

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनालाई इजरायलले अस्वीकार गरेको बताएका छन्। उनले हमासले पूर्ण रूपमा हतियार नत्यागेसम्म इजरायली सेना गाजाबाट पछि नहट्ने स्पष्ट पारेका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा नेतन्याहूले इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले हमासले वास्तविक रूपमा हतियार नत्यागेसम्म कुनै पनि फिर्ती नगर्ने बताए।

उनको भनाइ यस्तो समयमा आएको हो, जब हमासले अमेरिकी समर्थन रहेको उक्त योजनाअनुसार अघि बढ्न आफू तयार रहेको जनाएको थियो। हमासले मध्यस्थकर्तामार्फत सम्झौता कार्यान्वयन गर्दै दोस्रो चरणमा प्रवेश गर्न तयार रहेको बताएको छ। तर, त्यसका लागि इजरायलको स्वीकृति र सम्झौता कार्यान्वयन सुरु गर्नुपर्ने उसको सर्त छ।

प्रस्तावित योजनाअन्तर्गत युद्धबाट ध्वस्त गाजा क्षेत्रमा नयाँ प्यालेस्टिनी शासकीय समिति गठन गर्ने र हमाससहितका समूहले उक्त समितिलाई हतियार हस्तान्तरण गर्ने व्यवस्था रहेको बताइएको छ। यसैबीच, संयुक्त अरब इमिरेट्ससहित आठ मुस्लिमबहुल देशले केही दिनअघि संयुक्त घोषणा जारी गर्दै गाजामा इजरायलको सैन्य अभियानको आलोचना गरेका थिए। उनीहरूले इजरायली सैन्य कारबाहीका कारण ट्रम्पको शान्ति योजनाको कार्यान्वयन प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।

 

ताजा अपडेट

नेपालवाच विशेष